१४ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

मन मिल्नेसँगको क्षणभरको बसाइ नै प्यारो

मुक्तक

 कमला घिमिरे

१.मुक्तक

निश्वार्थ प्राण भर्ने पवनलाई सोध,

कलकल बग्ने पहराको झरनामा खोज।

त्यसमा स्वार्थ रहेछ भने ममा पनि होला,

बनावटी पायौ ममा भने अर्कै माया रोज।

   २.मुक्तक

मन मिल्नेसँगको क्षणभरको बसाइ नै प्यारो,

खित्का छोडोस्, मुस्कुराओस्  हँसाइ नै प्यारो।

त्यस्तै मिठो पल जीवन भरका लागि होओस्,

माया होस् या मित्रता मनको फसाइ नै प्यारो।

 ३.मुक्तक

हजारौंको भिडमा पनि किन, कोही खास लाग्छ,

आफूतिर उसको  नजर पर्छ कि भन्ने भन्ने आस लाग्छ।

अरूसँग बोल्दा पनि त्यही स्वर मिठो, उपस्थितिको कुरै,

छाडौं तस्वीरमा पनि मिठास लाग्छ।

  ४.मुक्तक

सानो भए पनि आँखाको नानीजस्तै मूल्यवान्,

हरपल हरक्षण अत्यावश्यक पानीजस्तै मूल्यवान्।

दैनिकीमा धेरै यस्ता वस्तुहरू भेटिन्छन् तर,

कहीं कतै भेटिन्छ र कुमारीको जवानी जस्तै मूल्यवान्।

५.मुक्तक

आँखा खोल्दा पनि तिमी बन्द गर्दा पनि तिमी, 

नजिक बस्दा  पनि तिमी पर सर्दा पनि तिमी।

तिमी नै तिमी छौ यो आँखाभरि भुलूँ कसरी म,

सुखमा मात्र होइन प्रिय, दुःख पर्दा पनि तिमी।  

प्रकाशित: २६ माघ २०७९ ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App