२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीको सचिवालय समिति २४ सदस्यीय

नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनका लागि सुझाव पेश गर्न कार्यदल बनाएको छ।

पार्टी स्थायी कमिटिको बैठकले संविधान संशोधनको लागि आवश्यक सुझावसहितको प्रतिवेदन पेश गर्न पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमासात सदस्यीय कार्यदल बनाएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनका अनुसार कार्यदलमा अन्य सदस्यहरुमा गरिमा शर्मा, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेको छ। उनले बैठकले केन्द्रिय सचिवालय समिति समेत गठन गरेको बताए।

केन्द्रिय सचिवालयमा केन्द्रिय कमिटिका अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरु, उपाध्यक्षहरु, महासचिव,उपमहासचिव र सचिवसहित २४ सदस्यीय समिति रहने उनले बताए। 

प्रकाशित: २ पुस २०८१ १७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App