नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले कम्युनिष्ट ध्रुवीकरणमा जोड गर्नुपर्ने बताएका छन् ।
कपिलवस्तुमा एक हप्ताअघि सुरु भएर मङ्गलबार सकिएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो बताएका हुन् ।
उनले नेकपा दृढतापूर्वक कम्युनिष्ट ध्रुवीकरणको पक्षमा रहेको बताए । 'माओवादी मात्रै होइन, सबै कम्युनिष्टहरूका बीचमा ध्रुवीकरण हुनुपर्छ,' उनले भने ।
अगाडि उनले भने, 'देशभक्त, जनप्रगतिशील अब एकठाउँमा उभिनुपर्छ ।'
प्रकाशित: २ पुस २०८१ २१:२८ मंगलबार