२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

अगामि निर्वाचन एक्लै लड्ने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी) ले अगामि निर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ।

मंगलबार पार्टी स्थायी कमिटिको बैठकपछि बोल्दै प्रवक्ता जगन्नाथ खतिवडाले एक्लै निर्वाचन लड्ने र त्यसको तयारीको लागि जनताको बीचमा जाने समेत निर्णय गरेको बताए।

प्रवक्ता खतिवडाका अनुसार जनजिविका, सुशासन र भ्रष्टाचारको सम्बन्धमा जनताको चेतना वृद्धि गर्नको लागि जनसंघर्ष अथवा आन्दोलनको माध्यमबाट पार्टीको सुदृढिकरण र निर्माण गर्नको लागि आन्दोलन र जनसंघर्ष गर्ने निर्णय गरिएको छ। जनसंघर्षका कार्यक्रमहरु केही दिनमा सार्वजनिक गरिन उनले बताए। 

प्रकाशित: २ पुस २०८१ १७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App