१२ असार २०८१ बुधबार
image/svg+xml
कला

चितवनमा चारबर्षपछि नेपथ्य ब्याण्ड गुञ्जदैँ

चितवनमा नेपथ्य ब्याण्डले चार बर्षपछि आफ्नो सांस्कृति प्रस्तुती दिँदै छ। नेपाल  र विश्वभरि छरिएका नेपाली युवा पुस्ता माझ लोकप्रिय नेपथ्य ब्याण्ड सन् २०१८ पछि आफ्नो सांस्कृतिक प्रस्तुती लिएर चितवन आएको हो। सडक पेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यका साथ छ जनाको कलाकार सहित ७० जनाको विशाल टिम चितवन आइपुगेको छ। अमृत गुरुङको नेतृत्वमा कलाकारसंगै प्राविधिक र व्यवस्थापनको टिम पाँच वटा ट्रक र दुईवटा बसमा टोली आएको हो।  

चितवन जिल्लामा आफ्नो आठौँ पटक आफ्नो सांस्कृतिक प्रस्तुती दिँदै छ।  चितवन नेपथ्यको बढी प्रशंसक भएको सहर मध्ये पर्दछ। ‘हाम्रो सबैभन्दा बढी प्रशंसक भएको सहर नारायणघाटै हो,’ ब्याण्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘इमेलको प्रचलन सुरुहुनुअघि हामीलाई सबैभन्दा बढी चिठ्ठी यसै ठाउँबाट प्राप्त हुनेगरेको थियो।’ पहिलोपटक नेपथ्यले सन् ११९५मा गणेश चलचित्र मन्दिरमा आफ्नो प्रस्तुती प्रस्तुत गरेको थियो। पछिल्लो पटक कोरोना महामारीअघि नारायणी नदी किनारमा आफ्नो दिएको थियो।  

नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवा पुस्ता माझ लोकप्रिय छ। लोक रक संगीत टोली हो। यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत चितवनमा चौथो प्रस्तुती दिनलागेको हो।  देशभर एक महिनासम्म सञ्चालन हुने कन्टर्सटको पहिलो कार्यक्रम मंसिर १६ गते विराटनगरबाट सुरु भएको थियो। त्यस्तै विरगंज, हेटौँडा पश्चात चितवनमा गर्न गर्न लागिएको हो। कार्यक्रम मंसिर २५ गते आइतबार बेलुकी ४ बजे स्थानीय क्याम्पाचौर मैदानमा हुनेछ। चितवनमा धेरैपटक उपस्थित भइसकेको नेपथ्यले यो मैदानमा भने आफूलाई पहिलोपटक प्रस्तुत गर्नलागेको हो।

पछिल्लोपटक नेपथ्यले दुईपटक आफूलाई नारायणी नदीको किनारमा प्रस्तुत गरेको थियो। ती दुवैपटक खुला आकाशमुनी मञ्च बनाइएको थियो। त्यसअघि भने ब्याण्डले ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत चारपटक आफूलाइ यो जिल्लामा उभ्याएको थियो।  

चितवनमा हुन लागेको नेपथ्य लाइभ कन्सर्टको तयारी पुरा भएको छ।  मंसिर २५ गते नारायणगढको क्याम्पाचौरमा हुन लागेको लाइभ कन्सर्टको तयारी पुरा भएको मानव सेवा आश्रमले जानकारी दिएको छ।  आइतबारको प्रस्तुतीका लागि क्याम्पाचौर मैदानमा मञ्च बनाउने काम लगभग सम्पन्न भइसकेको छ । सडक पेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले मानवताका लागि सांगीतिक यात्रा ‘कन्र्सट’ गर्न लागिएको मानव सेवा आश्रम वाग्मती प्रदेश संयोजक निता केसीले जानकारी दिईन्। सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षीको उद्धार अभियानलाई थप प्रभावकारी बनाउन मानव सेवा आश्रमले नेपथ्य ब्याण्डसँग सहकार्य गरेर कन्सर्ट गर्न लागिएको हो।  

भोलि दिउँसो ४बजेदेखि  बजेसम्म सुरु हुने सन्सर्टमा २० वटा गित प्रस्तुत गरिने संस्थाकी महासचिव शुशिला केसीले जानकारी दिईन् । मानव सेवा आश्रमले  ६ हजार जनाले टिकट छपाएको छ। त्यसमध्ये शुक्रवार बेलुकासम्म ३ हजार बिक्रि भैसकेको छ। अहिले चौविसकोठि र सहिदचोकबाट टिकट बिक्रि भैरहेको छ। यस कन्सर्टबाट दुई करोड भन्दा बढि आम्दानी गर्ने लक्ष्य आयोजकको छ। नेपथ्य ब्याण्डले ४० लाख रुपैयाँ पारिश्रमिक लिएको छ। बाँकी रहेको रकम मानव सेवा आश्रम अक्षयकोष र भवन निर्माणमा खर्च गरिने महासचिव केसीले जानकारी दिईन्।  

मानव सेवा आश्रमले २०७० सालदेखि सार्वजनिक स्थलमा भेटिएका मानिसहरुलाई उद्धार गर्दै आएको छ। मुख्य कार्यालय हेटौँडामा रहेको मानव सेवा आश्रमले २३ वटा शाखा स्थापना गरेको छ। १९ जिल्लामा यसका शाखा विस्तार भएका छन्। यहाँ हाल १ हजार ६०० जनाले आश्रित रहेका छन्। हालसम्म ७ हजार ४३६ जनालाई सेवा प्रदान गरिएको संस्थाकी महासचिव शुशिला केसीले जानकारी दिइन्। यी मध्ये २ हजार ८६७ जनाको पारिवारिक पुनर्मिलन, ६३१ जनालाई सामुदायिक पुनस्र्थापना गरिएको आश्रमको तथ्याङ्कमा उल्लेख छ। त्यस्तै २ हजार २२० जना उपचार पश्चात आश्रमबाट स्वेच्छाले बाहिरिएका छन्। ८२६ जनाको आश्रममा संरक्षणको क्रममा मृत्यु भएको छ।  

प्रकाशित: २४ मंसिर २०७९ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App