२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

रुपन्देही-२ मा सुलभ खरेलको फराकिलो अग्रता कायम

रुपन्देहीको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलले फराकिलो अग्रता कायमै राखेका छन्। 

आज साँझ करिब ६ बजेसम्मको मतगणना अनुरूप कुल ३३ हजार ६६७ मत गणना गर्दा रास्वपाका सुलभ खरेल २२ हजार ५६४ मतसहितको फराकिलो अग्रता कायम राखेका छन्। नेकपा एमालेका विष्णु पौडेल ४ हजार ८९७ मतसहित दोस्रो स्थानमा छन्।

नेपाली कांग्रेसका चन्द्रप्रसाद पौडेल ३ हजार १३९ मतसहित तेस्रो स्थानमा छन्। नेपाल कम्युनिष्ट पार्टीका विश्वदीप पाण्डेले १२७८ मत पाएका छन्। कुल ३३ हजार ६६७ मत गन्दा ९५७ मत बदर भएको छ। यो क्षेत्रको अन्तिम नतिजा भोलि बिहानसम्म आइपुग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ १८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App