प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा रहेको छ।
हालसम्मको मतगणनाअनुसार रास्वपाले २१ हजार ३७७ मत प्राप्त गरेको छ।
यसैगरी नेपाली कांग्रेसले १२ हजार ९९३ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमालेले पाँच हजार ३३३ मत प्राप्त गरेको छ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीले एक हजार १६४ मत प्राप्त गरेको छ।
सर्लाही–४ मा मतगणना जारी रहेको निर्वाचन अधिकारीले जनाएका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ १८:४८ शनिबार





