प्युठानमा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त वैदिक विजयी भएका छन्।
वैदिकले २७ हजार ४६९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द पोखरेलले १८ हजार ३३८ मत प्राप्त गरेका छन्।
यस्तै नेकपा एमालेका सूर्य थापाले १६ हजार ७१० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
प्युठानमा मतगणना सम्पन्न भएसँगै अन्तिम परिणाम सार्वजनिक गरिएको हो।
प्रकाशित: २३ फाल्गुन २०८२ १९:३९ शनिबार





