२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

सिन्धुलीमा रास्वपाको 'क्लिन स्वीप': धनेन्द्र कार्की र आशिष् गजुरेल विजयी

सिन्धुलीका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गर्न सफल भएको छ। सिन्धुली क्षेत्र नम्बर १ मा रास्वपाका धनेन्द्र कार्की र सिन्धुली क्षेत्र नम्बर २ मा आशिष् गजुरेलले जित हासिल गरेका छन्।

सिन्धुलीको क्षेत्र नम्बर १ मा रास्वपाका कार्की १६,६५४ मतसहित विजयी बनेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदीप कटुवालले १५,८६५ मत पाएका थिए। यस्तै, नेपाली कांग्रेसका उज्ज्वल बरालले १५,५५० मत ल्याएका छन्।

यसैगरी सिन्धुली क्षेत्र नम्बर २ मा गजुरेल १७,९४० मतसहित विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका लेखनाथ दाहाल 'राजन' ले १४,७८० मत पाएका छन्। यहाँ नेकपा एमालेका मनोजजंग थापाले ११,६०६ र नेपाली कांग्रेसकी सुशीला थिङले ६,७६० मत पाएकी थिइन्।

विजयी भएका प्रतिनिधिसभा सदस्यलाई दुवै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गरी विजयी घोषणा गरेका थिए। दुवै प्रतिनिधिसभा सदस्यले मुलुकमा सुशासन कायम गर्न दरिलो भूमिका निर्वाह गर्ने बताएका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ १९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App