२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

कांग्रेसको किल्लामा रास्वपाको धक्का

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेसको लामो समयदेखिको किल्ला भत्काएको छ।

रास्वपाका ताराप्रसाद जोशी विजयी भएका हुन्। विगतमा शेरबहादुर देउवाको गढका रूपमा चिनिँदै आएको डडेल्धुरामा जोशीले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गरेका हुन्।

निर्वाचन आयोग नेपालका अनुसार जोशीले १९ हजार १३१ मत प्राप्त गर्दै सात हजार १० मतको फराकिलो अन्तरले विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी महरले १२ हजार १२१ मत प्राप्त गरे।

यस्तै नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार चक्र स्नेहीले तीन हजार २६ मत प्राप्त गरेका छन्।

डडेल्धुरामा यस पटक रास्वपाले ऐतिहासिक जित निकाल्दै कांग्रेसको परम्परागत प्रभावलाई चुनौती दिएको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ १८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App