कञ्चनपुर क्षेत्र–३ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र सिंह महताले अग्रता लिएका छन्।
जम्मा ९०० मत गन्दा महताले ३ सय ८७ मत प्राप्त गरेका छन् ।
यस्तै, नेपाली कांग्रेसका हरिप्रसाद बोेहराले १ सय ५६ र नेकपा (एमाले) का दीपक प्रसाद भट्टले ८५ मत ल्याएका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०८:०४ शुक्रबार




