२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

एक सय दुई स्थानमा रास्वपा अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ।

निर्वाचन आयोगका अनुसार १६० निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ। प्राप्त मतपरिणाम अनुसार आज विहान ५.५० बजेसम्म नेपाली कांग्रेस १०, नेकपा (एमाले) १२ र नेपाली कम्युनिष्ट पार्टी ११ स्थानमा अगाडि छन्। त्यस्तै श्रम संस्कृति पार्टीका ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी एक तथा एक जना स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि छन्।

आयोगकाअनुसार हालसम्म २० स्थानको नतिजा घोषणा गरिएकामा रास्वपा १५, नेपाली कांग्रेस ३, एमाले १ र नेपाली कम्युनिष्ट पार्टीका एक उम्मेदवारले विजयी हासिल गरेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ ०६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App