२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

काठमाडौं–६ः ३२ हजार ७३३ मतगणना हुँदा शिशिर खनालको २० हजारभ बढी मत

काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल २० हजार ९९२ मतसहित अग्रस्थानमा छन्।  

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ४ः०० बजेसम्म ३२ हजार ७३३ मतगणना हुँदा नेपाली कांग्रेसका सबुज बानियाँ (कृष्ण) ले पाँच हजार १२७ मत प्राप्त गरेका छन्।

रास्वपाका खनाल र कांग्रेसका बानियाँबिच १५ हजार ८६५ मतको अन्तर रहेको छ।

यस्तै, नेकपा (एमाले) का अमन मास्केले तीन हजार सात मत पाएका छन्।

यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २० उम्मेदवार छन् ।

प्रकाशित: २२ फाल्गुन २०८२ १६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App