७ वैशाख २०८१ शुक्रबार
निर्वाचन विशेष

नेपालगन्ज १८ मा मतपत्र बढी फेला परेपछि विवाद

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा मतपत्र बढी फेला परेपछि विवाद उत्पन्न भएको छ। उक्त वडाको मतगणना सम्पन्न भएर रुजु गर्ने क्रममा ९ वटा मतपत्र बढी हुन आएको थियो।

मतगणनाका क्रममा नेकपा एमालेका दिपककुमार वर्माले २२५७ र नेपाली कांग्रेसका मंगलप्रसाद वर्मा (सानु)को १६२६ मत प्राप्त गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले वर्मालाई वडाअध्यक्षमा निर्वाचित भएको घोषणा नगर्दै मतपत्र बढी फेला परेपछि विवाद उत्पन्न भएको हो।

विवाद मिलाउने विषयमा अहिले मुख्य निर्वाचन अधिकृत, निर्वाचनका कर्मचारी, उम्मेदवार र पार्टीका प्रतिनिधीबीच छलफल भइरहेको छ।

प्रकाशित: ५ जेष्ठ २०७९ ०५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App