१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

कांग्रेसले खोस्यो एमालेको दुई वटा मेयर

मध्यपुर थिमिका मेयर सुरेन्द्र श्रेष्ठ र चागुनारायणका मेयर जीवन खत्री।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भक्तपुरको मध्यपुर थिमि र चाँंगुनारायण दुवै नगरपालिकामा नेकपा एमालेका मेयरले जित हासिल गरेका थिए। तर, स्थानीय तह निर्वाचन २०७९ को परिणाम भने यसको उल्टो आएको छ। यस पटक दुवै नगरपालिकाको मेयरमा कांग्रेसले जितेको छ।

मध्यपुर थिमिको मेयरमा एमालेका निवर्तमान एवं यस पटकका मेयरका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई हराई कांग्रेसका मेयर सुरेन्द्र श्रेष्ठले जित हात लिएका छन्। उता चाँंगुनारायणमा एमालेका निवर्तमान उपमेयर एवं वर्तमान मेयरका उम्मेदवार विणा वास्तोलालाई कांग्रेसका मेयर उम्मदबार जीवन खत्रीले पराजित गरिदिएका छन्।  

मध्यपुर थिमिमा नगरप्रमुखसहित ६ वटा वडाअध्यक्षसहित बहुमत सदस्य जित हार पारे। दुई वटा वडाअध्यक्ष मात्रै नेकपा एमालेले हात पार्न सकेन। एउटा वडा अध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले हात पारे। यहाँं कुल नौ वटा वडाहरु रहेका छन्।

ुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरे। उनका निकटम प्रतिद्वन्द्वी मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरे। २०७४ मा मदनसुन्दरले नेपाली कांग्रेसका अष्ट कवेलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका थिए। त्यसकारण मदनसुन्दर निवर्र्तमान मेयर हुन्। २०७४ सालमा मदनसुन्दर मेयरमा जित्दा एमालेले नेमकिपासँग तालमेल गरेको थियो। त्यो मदनसुन्दरले १४ हजार मत पाएका थिए। यसपटक एक्लै चुनावी मैदानमा उत्रेको एमालेले मध्यपुर थिमिमा प्रमुख र उपप्रमुख दुवै गुमाउन पुग्यो।

उपप्रमुखमा पनि कांग्रेससँंगको गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भए। नेकपा माओवादी केन्द्रका श्रेष्ठले १२ हजार एक सय दुई मत ल्याई विजयी हुँदा उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेकी उत्तरा नेपालले आठ हजार आठ सय ६३ मतमा सिमित भइन्।

मध्यपुर थिमिको नगरसभामा कांग्रेससहितको गठबन्धनले करिव दुई तिहाई सिट जितेको छ। मध्यपुर थिमिको ४७ सदस्यीय नगरसभामा गठबन्धनले २९ सिट जितेको छ भने नेकपा एमालेले १३ र नेमकिपाले ४ सिट जितेको छ।

नेपाली कांग्रेसले नगरप्रमुख, ६ वडाअध्यक्ष र १८ जना नगरसभा सदस्यसहित बहुमत सिट जितेको छ। कांग्रेसले वडा नं. १ मा वडाअध्यक्षसहित ४, वडा नं. २ मा वडाअध्यक्षसहित २, वडा नं. ३ मा वडाअध्यक्षसहित ४, वडा नं. ४ मा एक सदस्य, वडा नं. ५ मा वडाअध्यक्षसहित ३, वडा नं. ६ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको हो। त्यसैगरी वडा नं. ७ मा दुई सदस्य, ८ मा एक सदस्य जितेको कांग्रेसले वडा नं. ९ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको छ।

नेकपा माओवदी केन्द्रले उपप्रमुखसहित वडा नं. ६ मा एक र वडा नं. ९ मा एक सदस्य जितेको छ भने नेकपा एमालेले वडा नं. १ मा एक सदस्य, २ मा तीन सदस्य, वडा नं. ३ मा एक सदस्य, वडा नं. ४ मा वडाअध्यक्षसहित ४, वडा नं. ५ मा दुई सदस्य, वडा नं. ७ मा वडाअध्यक्षसहित ३ सदस्य जितेको छ।  

नेमकिपाले वडा नं. ८ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको छ। उता चाँंगुनारायण नगरपालिकामा कांग्रेसका जीवन खत्री मेयरमा जितेका छन् भने उपमेयरमा एमालेकै रमेश वुढाथोकीले जितेका छन्।  

यस नगरपालिकामा नौ वटा वडाहरु छन्। यस नगरपालिकामा कांग्रस, एमाले, राप्रपा र नेमकिपाका वडा अध्यक्षहरु जितेका छन्। कांग्रसले वडा नं १, २, ५ र ८ एमालेले ३ र ४, राप्रपाले ६ र ७ र नेमकिपाले ९ वटा वडामा वडा अध्यक्ष जितेका छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ १४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App