१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

घोराही उपमहानगरमा एमालेको अग्रता कायमै

घोराही उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ। ६२ हजार ८ सय १५ मत गणना हुँदा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले २५ हजार ६ सय १६ मतका साथ अग्रता लिइरहेका छन्।

गठबन्धनका तर्फबाट मेयर उम्मेदवार हेमराज शर्माले २० हजार ८ सय ५८ मत प्राप्त गरेका छन्। यसै गरी उपमेयरमा पनि एमालेकी हुमा डिसिले २४ हजार ५ सय ८६ मतका साथ अग्रता लिइरहेकी छिन्।

यस्तै गठबन्धनका उम्मेदवार काङ्ग्रेसका भुप बहादुर डाँगीले २३ हजार ८ सय ५५ मत प्राप्त गरेका छन्। घोराहीमा अब झण्डै १४ हजार मत गणना हुन बाँकी छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App