२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

नारायण नगरमा मतपत्र गायव भएको आरोप

सामाजिक सञ्जालमा मत गणना प्रति असुन्तष्ट जनाउँदै काँग्रेस उम्मेदवार निर्मला खड्का।

दैलेखको नारायण नगरपालिकाको मत गणना स्थलबाट आफ्नो मत रातारात गायव भएको आरोप नेपाली काँग्रेसबाट नगर प्रमुखको प्रत्यासी निर्मला खड्काले लगाएकी छिन्।  मत गणनास्थल व्यवस्थित नहुँदा आफ्नो मत गायव भएको आरोप लगाएकी हुन्।

उनले सामाजिक सञ्जालमा मत गणना पारदर्शी नभएको भन्दै एउटा भिडियो सामाग्री राखेर ‘दैलेखमा यसरी मत गणना भए मेरो भोट (मतपत्र)  रातारात गायव हुने थिएन्’ भनेर असुन्तष्टि पोखेकी छिन्।  

मत गणना गर्दा मत पत्र गायव भएको, दोहोरिएको, हस्ताक्षर फरक परेको लगायतका विषयमा मुख्य निर्वाचन अधिकृतसंग गुनासो पोखेपछि सुनुवाई नभएको काँग्रेस नेताहरू बताइरहेका बेला नगर प्रमुखको प्रत्यासी निर्मला खड्काले सामाजिक सञ्जालमै असुन्तष्टी पोखेकी हुन्। 

नारायण नगरमा आज विहान नेकपा एमालेका लोमन शर्मालाई विजयी घोषणा गरिएको छ। शर्मा र खड्काविच ७९ मत अन्तर रहेको छ। शर्माले ५ हजार ४ सय ३६ मत सहित विजयी भएका हुन् भने खड्का ५ हजार ३ सय ५७ मत ल्याएकी थिइन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत गणना कार्य पारदर्शी रुपमा सम्पन्न गरेको जनाएको छ।

प्रकाशित: ३ जेष्ठ २०७९ १४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App