१६ चैत्र २०८० शुक्रबार
निर्वाचन विशेष

दुई उपहानगरपालिकामा गठबन्धनका उम्मेदवारको मेयरमा अग्रता

प्रदेश नं. १ का दुई उपमहानगरपालिकामा इटहरी र धरान दुवैमा मेयर पदमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। 

उपमेयरमा धरानमा गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् भने इटहरीमा एमालेकी उम्मेदवारले अग्रता लिएकी छन्।

सोमबार सार्वजनिक गरिएको चुनाबी नतिजा अनुसार मेयरमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका हेमकर्ण पौडेलले अग्रता कायमै राखेका छन्। उनले पाँच हजार ५३६ मत प्राप्त गरि अग्रता कायम गरेका हुन्। एमालेका मेयरका उम्मेदवार याम सुब्बाले चार हजार २७२ मत प्राप्त गरेका छन्। यस्तै, उपमेयरमा एमालेका तर्फबाट संगीता चौधरीले अग्रता कायमै गरेकी छन्। उनले  चार हजार ६८७ मत प्राप्त गरेकी छन्। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका केशवकुमार विष्टले तीन हजार ५५० मत ल्याएका छन्।  

धरानमा मेयरमा लोकतान्त्रिक बाम गठबन्धनले अग्रता लिएको छ। बाम गठबन्धनबाट मेयरमा काँग्रेसका उम्मेदवार किशोर राईले तीन हजार ५४५ मत ल्याएका छन्। यस्तै, एमालेबाट मेयर उम्मेदवार मञ्जु भण्डारीले दुई हजार ६७९ मत ल्याएकी छन्। यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार आइन्द्रबिक्रम बेघाले अग्रता लिएका छन्। उनले तीन हजार ८३० मत प्राप्त गर्दा  एमालेका उम्मेदवार पदम इस्वो लिम्बुले तीन हजार २३७ मत ल्याएका छन्।

सदरमुकाम इनरुवामा मेयर–उपमेयर पदमा नेपाली काँग्रेसले अग्रता लिएको छ। काँग्रेसका मेयरका उम्मेदवार केदार भण्डारीले तीन हजार ३६१ मत ल्याएका छन्। एमालेका सरोज पोखरेलले दुई हजार ३२८ मत ल्याएका छन्। उपमेयरमा काँग्रेसकी विनितादेवी मेहताले तीन हजार ५३३ मत ल्याएकी छन् । एमालेबाट प्रवीण साहजादीले दुई हजार ६६५ मत ल्याएकी छन्।  

बराहक्षेत्रमा नगरपालिकामा मेयरमा एमालेका निलम खनालले ९५२ मत ल्याउँदा  गठबन्धनका तर्फबाट काँग्रेसका रमेश कार्कीले ६८१ मत ल्याएका छन्।  

रामधुनीमा मेयरमा एमालेका शंकर चौधरीले चार हजार ७०० ल्याउँदा नेपाली काँग्रेसका सुदिप अधिकारीले तीन हजार ५८ मत ल्याएका छन्। उपमेयरमा पनि एमालेको तारा थापाले तीन हजार ९३४ ल्याउँदा काँग्रेसबाट आशा चौधरीले तीन हजार ३३ मत ल्याएकी छन्।  

दुहवी नगरपालिकामा पनि मेयरमा नेकपा एमालेका विनय पोखरेलले तीन हजार २०८ ल्याएका छन्। नेपाली काँग्रेसका वेद गच्छदारले दुई हजार ९४६ मत ल्याएका छन्।  

गाउँपालिकातर्फ भोक्राहा नरसिंह, हरिनगर  तथा देवानगञ्ज गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पक्षमा नेपाली काँग्रेसले अग्रता लिएको छ। कोशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमै जनता समाजवादी पार्टीले अग्रता लिएको छ। बर्जु र गढी गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमालेले अग्रता लिएको छ।

प्रकाशित: २ जेष्ठ २०७९ १५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App