१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

विराटनगरका वडामा मिश्रित मत परिणाम

विराटनगरका वडामा  मिश्रित परिणाम आएको छ। हालसम्म अन्तिम परिणाम सार्वजनिक भएका ४ वटा वडामा कांग्रेस, एमाले, जसपा र स्वतन्त्र १–१ वटा वडामा निर्वाचित भएका छन्।  

विराटनगरको वडा नम्बर १९मा नेकपा एमालेका उम्मेदवार श्याम घिमिरे प्यानलसहित वडा अध्यक्षमा निर्वाचित भएका छन्। उनी ९ सय ८७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका उदय राजवंशीले ८ सय ९९ मत ल्याए।

वडा नम्बर १६मा नेपाली कांग्रेसका वडा अध्यक्षका उमेदवार उद्धव भुजेल निर्वाचित भएका छन्। भुजेल ७ सय ५२ मत ल्याएर निर्वाचित भए भने उनका निकतटम प्रतिश्पर्धी नेकपा एमालेका कुमार महर्जनले ६ सय ६८ मत ल्याए। विराटनगर १८ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार साह विजयी भएका छन्। उनी लालटिन चिन्हबाट ७ सय १६ मत ल्याएर निर्वाचित भएका हुन्। 

उनका निकटतम प्रतिश्पर्धी जनतासमाजवादीका दिनेशकुमार यादवले ६ सय ३८ मत ल्याए। विराटनगर १७मा जपाका समिम कमर १ हजार ४ सय ५० मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका अस्लम आलमले ५ सय ५ मत ल्याए।  

वडामा मिश्रीत मत परिणाम आइरहंदा विराटनगरको मेयरमा गठबन्धनका तर्फबाट मेयरका उमेदवार नागेश कोइराला अग्र स्थानमा छन्। यस्तै उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्कीले अग्रता लिइरहेकी छिन्।

विराटनगर महानगरपालिकामा १७ हजार ९ सय ९३ मत गणना हुँदा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ५ हजार ५ सय ३२ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका सागर थापाले ३ हजार ९ सय ७४ मतसहित पछ्याइरहेका छन्। यस्तै उपमेयरमा नेकपा एमालेकी शिल्पा काकीले ४ हजार ५ सय ६३ मतले अग्रता लिइरहेकी छिन्। उनलाई गठबन्धन तर्फबाट जसपाका उमेदवार अमरेन्द्र यादवले ३ हजार १ सय ७५ मतले पछ्याइरहेका छन्।

प्रकाशित: २ जेष्ठ २०७९ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App