पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्। गएरातीसम्म झिनो मतान्तरलेअघि रहेका उनले सोमबार विहानसम्म आईपुग्दा मतान्तर बढाएर ३ सय ६६ पुर्याएका हुन्।
हालसम्म १० हजार ५ सय ९० मत गणना सम्पन्न हुँदा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४ हजार २ सय ४० मत ल्याएर अग्रता बनाएका छन्। उनलाई नेकपा एमालेका कृष्ण थापाले ३ हजार ८ सय ७४ मत ल्याएर पछ्याईरहेका छन्। त्यस्तै राप्रपाका शंकर खरालले ५ सय ४९ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ सय ५१ मत प्राप्त गरेका छन्।
उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन्। यसअघि निरन्तर अग्रता लिएकी नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ८८ मतले पछि पार्दै गुरुङले अग्रता लिएकी हुन्। एमालेकी गुरुङले ४ हजार ४ सय ३२ मत प्राप्त गरेर अग्रता लिदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेस उम्मेदवार रानाभाटले ४ हजार ३ सय ४४ मत ल्याएर पछ्याईरहेकी छन्। राप्रपाकी रञ्जना सेनले ५ सय ९ मत प्राप्त गरेकी छन्।
प्रकाशित: २ जेष्ठ २०७९ ०६:४५ सोमबार