१५ असार २०८१ शनिबार
image/svg+xml
निर्वाचन विशेष

टीकापुरमा नागरिक उन्मुक्तिको अग्रता कायमै

कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै छ। मेयर पदका प्रत्यासी रामलाल डगौरा थारुले झन्डै दोब्बर मतले अग्रता लिइरहेका छन्। उनले हालसम्मको गणना अनुसार ४ हजार ८९ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा रहेका गठबन्धनका तर्फबाट मेयर पदका प्रत्यासी काँग्रेसका नवराज रावलको २ हजार २४९ मत छ। त्यस्तै एमालेका श्याम खत्रीको १ हजार ५६८ मत रहेको छ।

उपमेयरमा समेत नागरिक उन्मुक्तिकै उल्कादेवी विकले अग्रता लिएकी छन्। उनको ३ हजार १५९ मत छ। उनलाई वडा नं. ३ र ९ को मतगणनापछि नेकपा माओवादी केन्द्रका खडक शाहले पछि पारेका थिए। वडा नं. ४ मा राम्रो मत ल्याएपछि विकले पुनः अग्रता लिएकी हुन्। दोस्रो स्थानमा रहेका शाहको २ हजार ८३३ मत र तेस्रोमा रहेकी नेकपा एमालेकी उपमा केसीको १ हजार ३९१ मत रहेको छ।

टीकापुर नगरपालिकामा चार वटा वडाको मत गणना सकिएको छ। जसमा दुई वटामा नागरिक उन्मुक्ति पार्टीले प्यानलसहित जित हात पारेको छ भने एक वडामा माओवादी केन्द्र र अर्को एकमा काँग्रेसको वडाध्यक्ष जितेका छन्।

पाँचवटा वडाको मतगणना बाँकी छ। अहिले वडा नं. ८ को मतगणना हुँदैछ। सबैभन्दा धेरै मत खसेको वडा नं. १ को मत गणना बाँकी छ। यहाँ ११ हजार बढी मत खसेको छ।

टीकापुर नगरपालिकामा काँग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ। काँग्रेसले मेयर, माओवादी केन्द्रले उपमेयर र एकीकृत समाजवादीले वडा नं. १ को वडाध्यक्ष पाएका छन्।

मतदाताले उम्मेदवार नै नरहेका चिन्हमा समेत भोट हालेका छन्। मेयरमा माओवादी केन्द्रले ४७९ र उपमेयरमा काँग्रेसले ८३३ मत पाएको छ। यसरी मत खेर गएपछि गठबन्धनलाई जित्न निकै असहज भैरहेको छ।

प्रकाशित: २ जेष्ठ २०७९ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App