गोरखाको अजिरकोट गाउँपालिका माओवादी केन्द्रले जितेको छ। माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका दिपक देवकोटाले ३७८७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोबिन्द गुरुङले ३२८९मत ल्याए। उप प्रमुखमा पनि माओवादी केन्द्रका उम्मेदवार अनिता भुजेल विजयी भएकी छिन्।
नेपाली कांग्रेसबाट उपप्रमुख पदकी उम्मेदवार इन्द्र गुरुङलाई हराउँदै उनले ३५३२ मत ल्याएर बिजयी भईन। गुरुङले ३३६१ मत ल्याएको अजिरकोट गाउँपालिकाका मूख्य निर्वाचन अधिकृत कमलराज भण्डारीले बताए।
गोरखाको ११ पालिका मध्ये मत गणना सकिएको अजिरकोट पहिलो हो। यस अघि उक्त पालिका नेपाली कांग्रेसले जितेको थियो। अजिरकोट १, २, ३ माओवादी केन्द्रका उम्मेदवारले जितेका छन् भने कांग्रेस वडा नम्बर ४ र ५ मा बिजयी बन्यो।
२०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट देवकोटा र भुजेल नै अध्यक्ष उपाध्यक्षका उम्मेदवार थिए। कांग्रेसका उम्मेदवार सँग पराजित उनीहरुले अहिले बिजयी हाँसिल गरे।
नौ वटा गाउँपालिका र दुईवटा नगरपालिका रहेको गोरखामा माओवादीले अजिरकोटबाट खाता खोलेको हो। अन्य पालिकामा मत गणना जारी छ।
प्रकाशित: १ जेष्ठ २०७९ १४:४१ आइतबार



-600x400.jpg)

