१२ असार २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

प्रदेश राज्यमन्त्रीको वडामा जसपाको लज्जास्पद पराजय

मधेस प्रदेश सरकारमा सुरुदेखि नै राज्यमन्त्री रहेका जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य योगेन्द्रप्रसाद यादवको वडामा जसपाले लज्जास्पद हार बेहोरेको छ।

मधेस प्रदेश सरकारमा कृषि राज्यमन्त्री रहेका यादवको वडामा जसपाका उम्मेदवारले ३० मत मात्र प्राप्त गरेका छन्।

राज्यमन्त्री यादवको पार्टीबाट वडाध्यक्षका उम्मेदवार बनेका हृदयनारायण यादवले ३० मत पाउँदा नेकपा एसको प्यानल नै विजयी भएको छ। नेकपा एसका राम नरेश राय यादवले ६० मत प्राप्त गरी विजय प्राप्त गरेका छन्। यादवका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका शिवनारायण साहले भने ५८८ मत प्राप्त गरेका छन्।  

राजदेवी नगरपालिकामा नेकपा एसका तर्फबाट मेयर पदका उम्मेदवार भिखारी राय यादवले निरन्तर अग्रता लिइरहेका छन्।

प्रकाशित: १ जेष्ठ २०७९ १४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App