मोरङको ९ वटा स्थानीय तहका १६ वटा वडाको वडाध्यक्ष पदको अन्तिम मत परिणामा सार्वजनिक भएको छ। जसमा नेकपा एमालले ८ वटा, नेपाली काँग्रेसले ७ र नेकपा माओवादी केन्द्रले १ वटा वडाध्यक्ष पद जितेका छन्।
नेकपा एमालेका तर्फबाट लेटाङ नगरपालिका वडा नम्बर १ मा विष्णुकुमार मगरसहितको प्यानल विजयी भएको छ। मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ मा सन्तोषकुमार मगरसहितको प्यानल विजयी भए। केराबारी गाउँपालिका वडा नम्बर १ मा शरण थापा मगर अध्यक्ष निर्वाचित भए। १० नम्बर वडामा पूर्णबहादुर मगरसहितको प्यानल विजयी भएको छ।
त्यस्तै कानेपोखरी गाउँपालिका वडा नम्बर ७ मा मोहनप्रसाद अधिकारीसहितको प्यानल विजयी भए। कटहरी गाउँपालिका वडा नम्बर १ मा हरिनारायण राजवंशी अध्यक्षमा निर्वाचित भए। २ नम्बर वडामा सुरेन्द्रप्रसाद राजवंशीसहितको प्यानल विजयी भए भने ग्रामथान गाउँपालिका वडा नम्बर ७ मा वीरेन्द्र चौधरी अध्यक्षमा निर्वाचित भएका छन्।
त्यसैगरी, नेपाली काँग्रेसका तर्फबाट सुनवर्षी नगरपालिका वडा नम्बर १ र २ मा वीरबहादुर राई र विनोदकुमार राजवंशीसहितको प्यानल विजयी भएको छ। मिक्लाजुङ गाउँपालिका वडा नम्बर १, २ र ४ मा पर्वत राई, बलबहादुर श्रेष्ठ र विशाल राईसहितको प्यानल विजयी भए। कानेपोखरी गाउँपालिका वडा नम्बर १ मा रत्नबहादुर कार्की अध्यक्षमा निर्वाचित भए। जहदा गाउँपालिका वडा नम्बर ७ मा भगवान मरण्डीसहितको प्यानल विजयी भएका छन्।
नेकपा माओवादी केन्द्रका तर्फ धनपालथान गाउँपालिका वडा नम्बर १ मा राजा हुसेन मियाँ अध्यक्षमा निर्वाचित भए।
प्रकाशित: १ जेष्ठ २०७९ १४:२० आइतबार



-600x400.jpg)

