८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

कपिलवस्तुका ७ पालिकाका १३ वडाको मत परिणाम सार्वजनिक

कपिलवस्तुमा ७ पालिकाका १३ वडाको मत गणना सम्पन्न भएको छ। नेकपा एमाले र नेपाली काँग्रेस ६–५ वडा, राप्रपा र जसपा १–१ वडामा प्यानलसहित विजयी भएका हुन्। 

एमालले ४ पालिकामा ६ वडाध्यक्षसहित प्यानल नै जितेका छ। कांग्रेसले ४ पालिकामा ५ वडाध्यक्षसहित प्यानले नै जितेको छ। यस्तै जसपा नेपाले कपिलवसतु नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षसहित प्यानल जितेको छ। राप्रपाले कृष्णनगर नगरपालिका १ मा प्यानलसहित जितेको छ। शिवराज नगरपालिका वडा नम्बर १ बिजयनगर गाउपालिका वडा नम्बर १ र ७ तथा यशोधरा गाउपालिका वडा नम्बर १ र  २ मा एमालेका वडाध्यक्षसहित प्यानल नै जितेको हो। 

यस्तै, कांग्रेसले बागंगा नगरपालिका वडा नम्बर १ र ११ , कपिलवस्तु नगरपालिका वडा नम्बर १२ तथा शिवराज नगरपालिका वडा नम्बर ११ मा तथा बुद्धुभुमी नगरपालिका १ मा वडाध्यक्षसहित प्यानल जितेको छ। कपिलवस्तु नगरपालिकामा वडा नम्बर २ मा एमालेका अशोक गुप्ता प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएका छन्। उनले १ हजार ४३८ मत र उनका निकटतम प्रतिद्वन्त्दी कांग्रेसका रामभजन कलवारले ९ सय १८मत ल्याएका छन्। 

यस्तै, शिवराज नगरपालिका १ मा एमालेको प्यानल विजयी भएको छ। वडा अध्यक्षमा खिमविक्रम केसी १४ सय ५२ मत ल्याई विजयी भएका छन्। उनजका  निकटतम प्रतिद्वन्द्वी राप्रपाका राहुलकुमार चौधरीले १२ सय ६२ मत प्राप्त गरेका छन्। एमालेबाट यशोधरा गाउपालिका २ मा अब्दुल कईम मुसलमान ४ सय ९१ मतकासाथ र यशोधरा गाउपालिका १ मा प्रमोद चौबेले ४ सय ५३ तथा विजयनगर गाउँपालिका १ मा एमालेका इन्नर थारु र वडा नम्बर ७ बाट दिनेश चौधरीको प्यानलसहित विजयी भएका छन्। 

यसैगरी, कृष्णनगर नगरपालिका १ मा राप्रपाका वडा अध्यक्षमा तुगनाथ चौधरीले ५१५ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका गणेशकुमार पाण्डेयले ५१६ मत प्राप्त गरेका छन्। बाणगंगा नगरपालिका १ को वडा अध्यक्षमा नेकपा एमालेका अमित पौडेललाई पराजित गर्दै नेपाली काँग्रेसका सन्जु सारु विजयी भएका छन्। 

बाणगंगा नगरपालिका वडा नं.११ मा नेपाली कांग्रेसका उम्मेदवार बनेका नरेन्द्र चौधरी विजयी भएका छन्। कपिलवस्तु नगरपालिका १२ मा वडा अध्यक्षमा इन्सान अलि धुनियाले ९ सय ३८ मत र शिवराज नगरपालिकाको ११ मा नेपाली काँग्रेसको प्यानल विजयी भएका छन्। वडाध्यक्षमा रामेश्वर वर्मा पुनः दोहोरिएका छन्। कपिलवसतुका १० मध्ये नौ पालिकाको मत गणना अझै जारी छ। मायादेबी र सुद्धाेदन गाउपालिकामा आइतबार साँझ सम्म कुनै वडाको मत परिणामा आएको छैन। महाराजगंज नगरपालिकामा भने ३ गते निर्वाचन हुँदैछ।

प्रकाशित: १ जेष्ठ २०७९ १२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App