coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

दार्चुलाको महाकाली नगरपालिकामा एमालेको जित

दार्चुलाका जिल्ला सदरमुकाम रहेको महाकाली नगरपालिकामा नेकपा एमालेको जित भएको छ। जिल्लाको महाकाली नगरपालिकाको नगर प्रमुख पदमा एमालेका नरसिंह चैसिर ५ हजार १३ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा एमालेकै दुर्गा खत्री (बिष्ट) चार  हजार ६ सय २६ मतसहित विजयी भएकी छिन्। उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी सुना बोहरा उम्मेदवार ४ हजार १ सय ८२ मत प्राप्त गरेकी छन्। 

९ वटा वडा रहेको नगरपालिकामा ६ वडामा एमालेको प्यानल तथा ३ वडामा कांग्रेसको प्यानल विजयी भएको छ। नगर प्रमुखमा पराजित भट्ट निवर्तमान नगर प्रमुख तथा विजयी चैसिर २०७४ सालको स्थानीय तह निर्वाचनका निकटतम् प्रतिस्पर्धी समेत हुन्।

प्रकाशित: १ जेष्ठ २०७९ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App