१९ असार २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

चौतारामा अग्रता बढाउँदै सभामुख सापकोटाका भाइ

क्याप्शन

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी–एकीकृत समाजवादी गठबन्धनबाट प्रमुखको उम्मेदवार रहेका सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटाले अग्रता बढाउँदै लगेका छन्।  

सापकोटाको गृहवडा चौतारा साँगाचोकगढी–४ को मतगणना हुन थालेपछि उनले अग्रता बढाउँदै लगेका हुन्। वडा नं. १, २ र ३ को मतमणना हुँदा उनी डेढ सय मतले पछाडि परेका थिए। सापकोटाको मतदान केन्द्रबाट एक हजार ४ सय ८ मत थपिएपछि उनको अग्रता बढ्न थालेको हो। अहिले वडा नं. ५, ६ र ७ को मतगणना भइरहेको छ। यी वडा माओवादी बाहुल्य क्षेत्र भएकाले उनले अझै अग्रता बढाउने छन्।  

सापकोटालाई एमाले उम्मेदवार इन्द्रबहादुर नेपालले पछ्याइ रहेका छन्। हालसम्म यो नगरमा ७ हजार ९ सय मतगणना भएकोमा माओवादीका सापकोटाले ३ हजार ७ सय ९२ मतसहित अग्रता लिइ रहेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपालले २ हजार ६ सय ३० मत प्राप्त गरेका छन्। सापकोटा र नेपालबीच १ हजार १ सय ९६ मतान्तर छ। यो नगरमा २७ हजार ७ सय १५ मत खसेको छ। अझै  साढे १८ हजारभन्दा बढी मत गन्न बाँकी छ।  

अहिले मतगणना भइरहेका तीन र गणना हुन बाँकी सातवटा वडा माओवादी–समाजवादी गठबन्धनले पहिलो मत पाउने क्षेत्र हुन्। यी वडामा प्रमुख प्रतिस्पर्धी एमालेको मत स्थिर छ। नयाँ मतदाताका कारण एमालेले पनि मत बढाउने देखिन्छ। १४ वटा वडा रहेको यो नगरमा चार वडाको मत परिणाम सार्वजनिक भइरहेको छ। माओवादी–समावजादी गठबन्धनले दुई र एमालेले दुईवटा वडा जितिसकेका छन्।  अघिल्लो निर्वाचनमा यहाँ माओवादीले सात वडासहित प्रमुख, उपप्रमुख जितेको थियो।  

उपमेयरमा गठबन्धनबाट समाजवादीकी उम्मेदवार सीता थापाले पनि मतान्तर बढाउँन थालेकी थिइन्। उनलाई एमाले उम्मेदवार बालकुमारी सापकोटाले कडा टक्कर दिइ रहेकी छिन्। थापाले ३ हजार १ सय ७७ मत पाउँदा सापकोटाले २ हजार ७ सय ६७ भोट ल्याएर पछ्याइ रहेकी छिन्। उनीहरुबीच ४ सय ११ मतान्तर छ। गठबन्धन, फरक चुनाव चिह्न र बदर मतका कारण सीताको केही भोट बिग्रिएको छ। यो सम्भावना अन्यत्र पनि छ।

वडा नं. १,२ र ३ को मतगणना सकिँदा ४ सय मतले पछाडि परेकी उनी कुबिण्डे केन्द्रको मतगणनापछि मतान्तर पूर्ति गर्दै अग्रतासहित अगाडि बढेकी हुन्। गणना भइरहेका र गन्न बाँकी वडा माओवादी बाहुल क्षेत्र हुनुको साथै सीताको पनि प्रभाव क्षेत्र भएकोले उनले यो अग्रता जोगाउँदै अझै मतान्तर बढाउने सम्भावना छ।

प्रकाशित: १ जेष्ठ २०७९ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App