coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

थवाङमा माओवादी विजयी

निर्वाचित अध्यक्ष ऋषि केशव बुढामगर।

थवाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी भएको छ। अध्यक्षमा माओवादीका ऋषि केशव बुढामगरले २ हजार १ सय २२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्दी स्वतन्त्रका दरजित रोकाले १ हजार ५ सय ६ मत प्राप्त गरे। यहाँ विप्लव, कांग्रेस, एमाले लगायतले माओवादी इतरको गठबन्धन गरेका थिए।

पाँचवटा वडा रहेको थवाङ गाउँपालिकाको उपाध्यक्षमा माओवादी कै सर्मिला बुढामगर विजयी भएका छन्। उनले पनि २ हजार १ सय २२ मत ल्याउदा उनका प्रतिद्वन्दी स्वतन्त्रका रायबहादुर पुनले १ हजार ४ सय ६८ मत प्राप्त गरे।

थवाङको वडा न. १, २, ३ र ५ मा माओवादीले जित हासिल गरेको छ भने वडा न. ४ मा एमालेका उम्मेद्वार निर्वाचित भएका छन्। 

प्रकाशित: १ जेष्ठ २०७९ १०:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App