४ पुस २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

सिन्धुलीमा मत गणना सुस्त, एउटै वडाको नतिजा आउन २० घण्टा बढी समय

यहाँको कमलामाई नगरपालिका ३ मा नेकपा एमालेबाट जित हाँसिल गरेको खड्ग चौलागाई लगायत। तस्बिर: अनिल/नागरिक

सिन्धुलीमा मतगणना निकै सुस्त भएको छ। शनिबार बिहान १ बजेबाटै गणना सुरु भएको सिन्धुलीको मरिण गाँउपालिकामा यो समाचार तयार पार्दासम्म तीन ओटा वडा मात्रै गणना भएको छ। तीनओटा वडामा तीनओटैमा माओवादी केन्द्रले अध्यक्षसहित प्यानलनै निर्वाचित भएका छन्।

शनिबार दिउँसोदेखिनै सुरु भएका सिन्धुलीको सुनकोसी गाँउपालिका फिक्कल गाँउपालिकामा हालसम्म एउटा वडामा पनि गणना सकिएको छैन। झन्डै २० घण्टा बढी हुँदा समेत एउटा वडामा समेत गणना सकिएको छैन। मतगणना सुस्त हुँदा नतिजाको पखाईमा रहेका नेता कार्यकर्ता समेत दिक्दार भएका छन्। 

यहाँको सुनकोसी गाँउपालिका वडा १ मा मतगणना सुरु भएको २० घण्टा भन्दा बढी लागेको स्थानिय बताएका छन्। यस्तै फिक्कल गाँउपालिकामा पनि वडा नम्बर १ को मतगणना शनिबारदेखि नै सुरु भएपनि यो समाचार तयार पार्दासम्म सकिएको थिएन। ठूला वडा भएकाले मतगणनामा ढिलाई भएको हो, विस्तारै गणनालाई तीव्रता दिने तयारी गर्दै छौ, सुनकोसी गाँउपालिका निर्वाचन अधिकृत लक्ष्मी पाण्डेले भनिन्, 'आइतबार बेलुका देखि एक भन्दा बढी स्थानमा एकैपटक मत गणना गर्ने गरि तयारी गर्छौ।'  

फिक्कल गाँउपालिका निर्वाचन अधिकृत डिकबहादुर कार्की सामान्य समस्यामा समेत लामो समय छलफल गर्नुपर्ने बाध्यता आएकाले ढिला भएको बताउछन्। ठुलो वडा पनि हो उनले भने, गठबन्धनको मत गणनामा अलि ढिलै हुँदा रहेछ अब जतिसक्दो चाडै गर्छौ, उनले भने। उनका अनुसार मतदाता शिक्षाको अभावमा बदर मत समेत धेरै देखिएको छ। सिन्धुली जिल्लामा ७९ वडा मध्ये हालसम्म १५ ओटा वडाको मत गणना सकिएको छ। जसमध्ये ६ ओटामा नेपाली काँग्रेस ६ ओटामा माओवादी केन्द्र र ३ ओटामा नेकपा एमालले जित हासिल गरेको छ।

प्रकाशित: १ जेष्ठ २०७९ १०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App