मोरङका १७ स्थानीय तह मध्ये ९ वटा पालिकामा कांग्रेस र ८ वटामा एमाले अगाडि देखिएका छन्। मोरङको विराटनगर महानगरपालिका,ग्रामथान गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिका, सुनवर्षी गाउँपालिका, वुढीगंगा गाउँपालिका रतुवामाई नगरपालिका र सुन्दरहरैंचा नगरपालिकामा कांग्रेस अगाडि देखिएको छ।
यस्तै उर्लावारी नगरपालिका, कानेपोखरी गाउँपालिका रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, लेटाङ नगरपालिका, केरावारी गाउँपालिका, वेलवारी नगरपालिका पथरीशन्श्चिरे नगरपालिकामा एमाले अगाडि देखिएको छ। मोरङको विराटनगरमा नेपाली कांग्रेसबाट मेयरका उमेदवार नागेश कोइराला २ हजार ३ सय ७७ मतकासाथ अगाडि छन्।
नेकपा एमालेका तर्फबाट मेयरका उमेदवार सागर थापा १ हजार ७ सय १० मतले पछ्याइरहेका छन्। मोरङको ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेका जयप्रकाश गच्छदार ९ सय ६ मतकासाथ अग्र स्थानमा छन् भने नेकपा एमालेका शिवनारायण माझी ७ सय २४ मतले पछ्याइरहेका छन्। मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षका उमेदवार वविकुमार राई ३ हजार ८ सय ९१ मतले अग्रस्थानमा छन्। एमालेका नरेन्द्रप्रसाद ढुंगेल २ हजार ९ सय ३४ मतले पछ्याइरहेका छन्।
यस्तै कटहरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उमेदवार देवराज चौधरी १ हजार १ सय ८० मतले अगाडि छन्। नेकपा एमालेका शुभाषकुमार सरदार ५ सय ४३ मतले पछ्याइरहेका छन्। मोरङको जहदामा नेपाली कांग्रेसका जितेन्द्रप्रसाद साह ५ सय २ मतले अग्र स्थानमा छन्। नेकपा माओवादी केन्द्रका राजकुमार यादवले २ सय १९ मतले पछ्याइरहेका छन्।
यस्तै सुनवर्षी नगरपालिकामा नेपाली कांग्रेसका यज्ञराज कार्की ४ सय ११ मतले अग्र स्थानमा छन् भने नेकपा एमालेका ३ सय ८६ मतले पछ्याइरहेका छन्। वुढीगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितनारायण थापा मगर २ सय ५५ मतकासाथ अग्रस्थानमा छन्। नेकपा एमालेका बलभद्र सरदार थारु १ सय २५ मतले पछ्याइरहेका छन्। रतुवामाई नगरपालिकामा नेपाली कांग्रेसका नागेश्वरप्रसाद सिंह १ हजार ४१ मतकासाथ अग्रस्थानमा छन्। नेकपा एमालेका दुर्गाबहादुर विष्ट ८ सय ४८ मतले पछ्याइरहेका छन्। यस्तै सुन्दरहरैंचामा नेपाली कांग्रेसबाट मेयरका उमेदवार शिव ढकाल १ हजार ८३ मतले अग्र स्थानमा छन्। नेकपा एमालेका दुर्गाबहादुर विष्ट ९ सय ४५ मतले पछ्याइरहेका छन्।
यता मोरङको कानेपोखरीको अध्यक्षमा नेकपा एमालेकी राजमति इङनामले २ हजार ६ सय ९८ मतकासाथ अग्रता लिएकी छिन्। नेपाली कांग्रेसका सञ्जय भट्टराई १ हजार ७ सय ४४ मतले पछ्याइरहेका छन्। उर्लावारी नगरपालिकामा नेकपा एमालेका मेयरका उमेदवार गंगाप्रसाद खरेल १ हजार ८ सय मतले अग्र स्थानमा छन्। नेपाली कांग्रेसका खड्ग फागोले १ हजार १ सय १८ मतले पछ्याइरहेका छन्। मोरङको रंगेलीमा नेकपा एमालेका दिलीप वगडीया ८ सय ९७ मतल्याएर अगाडि छन्।
उनलाई नेपाली कांग्रेसका मोदराज घिमिरेले ८ सय ९७ मतले पछ्याइरहेका छन्। मोरङको धनपाल थानमा नेकपा एमालेका मुसहरु मण्डल ४ सय ३६ मतले अग्रस्थानमा छन्। नेपाली कांग्रेसका जिवछ गच्छदार ३ सय ९९ मतले पछ्याइरहेका छन्। लेटाङ नगरपालिकामा नेकपा एमालेका भुपेन्द्र लावती १ हजार ३ सय ५५ मतले अगाडि छन्। नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकाल ९ सय ८६ मतले पछ्याइरहेका छन्। केरावारी गाउँपालिकामा एमालेका अध्यक्ष पदका उमेदवार सुमन मिरिङचिङ मगर ६ सय ३५ मतले अगाडि छन्।
उनलाई नेपाली कांग्रेसका रोहित कार्कीले ४ सय ९ मतकासाथ पछ्याइरहेका छन्। वेलवारी नगरपालिकामा नेकपा एमालेका दिलप्रसाद राई ७ सय ३३ मतले अगाडि छन्। नेपाली कांग्रेसका महेन्द्र सुवेदी ५ सय ६८ मतले पछ्याइरहेका छन्। पथरी शनिश्चरे नगरपालिकाको मेयरमा नेकपा एमालेका उमेदवार मोहनप्रसाद तुम्बाफो १ सय ६९ मतले अगाडि छन्। उनलाई नेपाली कांग्रेसका नगेन्द्रबहादुर सुब्बाले १ सय ३८ मतकासाथ पछ्याइरहेका छन्।
प्रकाशित: १ जेष्ठ २०७९ ०९:२९ आइतबार





