६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
निर्वाचन विशेष

भतरपुरमा मत अन्तर घटाउँदै सुवेदी

चितवनको भरतपुर महानगरपालिकामा बिजय सुवेदीले मत अन्तर घटाउँदै लगेका छन्। भरतपुर महानगरको वडा नम्बर २ को मतगणना सुरु भएपछि सुवेदीले मत अन्तर घटाउँदै लगेका हुन्।

भरतपुरमा ४ हजार ४२३ मत गणना हुँदा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेणु दाहालले १ हजार ६११ मतसहित अगाडि छिन्। दाहाललाई पछ्याएका सुवेदीले १ हजार ५४१ मत ल्याएका छन्। वडा नम्बर १को गणना हुँदा दाहालले सुवेदीलाई १२१ मतले लिड गरेकी थिइन्।

स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत प्राप्त गरेका छन्। त्यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १ हजार ७७५ मतसहित अघि बढेका छन्। अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमला गुरुङले १ हजार २४२ मत प्राप्त गरेकी छन्। 

प्रकाशित: १ जेष्ठ २०७९ ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App