२६ वैशाख २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

मोरङको कानेपोखरीमा एमालेको अग्रता

मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख  र उपप्रमुखमा  एमालेले अग्रता लिएको छ। नेकपा एमालेकी प्रमुख पदकी उमेदवार राजमति इङनामले २ हजार ६ सय ९८ मतकासाथ अग्रता लिएकी छिन्। 

यस्तै उपप्रमुख पदका उमेदवार भोला अधिकारीले २ हजार ८ सय ५९ मत ल्याएका छन्। यस्तै नेपाली कांग्रेसका प्रमुख पदका उमेदवार सञ्जय भट्टराईले १ हजार ७ सय ४४  र उपप्रमुख पदकी उमेदवार मनु गुरूङले २ हजार १ सय ६३ मत ल्याएकी छिन्। 

३४ हजार ४५ मतदाता रहेको कानेपोखरी गाउँपालिकामा २२ हजार ७ सय ३१ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App