प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुस्ताङ जिल्लामा मध्यान्ह १२ बजेसम्म ४२ दशमलव ८४ प्रतिशत मतदान भएको छ।
जिल्लाका सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। प्राप्त विवरणअनुसार हालसम्म कुल ४ हजार ८५२ मत खसेको छ।
जसमध्ये पुरुष मतदाताको संख्या २ हजार ४६३ रहेको छ भने महिला मतदाताको संख्या २ हजार ३८८ रहेको छ। साथै अन्य लिङ्गका १ जना मतदाताले पनि मतदान गरेका छन्।
मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रुपमा सञ्चालन भइरहेको तथा बाँकी मतदातालाई पनि निर्धक्क भएर मतदानमा सहभागी हुन सम्बन्धित निकायले आग्रह गरेको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ १२:३७ बिहीबार





