बुद्ध धर्मावलम्वीको महत्वपुर्ण पर्व वर्षावास सुरु भएको छ । असार पुर्णिमादेखि असोज पुर्णिमासम्मको अवधिलाई वर्षावासका रुपमा मनाईने गरिएको छ ।
बौद्ध धर्माबलम्वीका लागि वर्षावास निक्कै महत्वपुर्ण पर्व हो । ३ महिने वर्षावासका लागि भिक्षृहरु प्राचिन कपिलवस्तुको तिलौराकोट र निग्रोधराम कुदानमा आएका छन् । ९ जनाले वर्षावास सुरु गरेका हुन् । तिलौराकोटमा भिक्षु पराजुकित अनन्तको नेतृत्वमा ४ जना र निग्रोधरामा कुदानमा परा संकारित बुद्धोको नेतृत्वमा ५ जना वर्खावास बसेको हुन । । तिलौराकोट राजा शुद्धोदनको राजप्रासाद तथा भगबान गौतम बुद्धले २९ बर्षको युबा अबस्था बिताएको ठाउ हो । निग्रोधाराम कुदान भगबान गौतम बुद्ध ज्ञान प्राप्त गरि पहिलो पटक राजधानी कपिलवस्तु आउदा मातापितासंग भेट गरेका महत्वपुर्ण स्थल हो ।
वर्षायाममा हुने वर्षावास बस्नाले आफूले गरेका त्रुटी कमजोरीबाट कुनै पाप नलागी क्षमादान पाउने हुदा भिक्षु–भिक्षुणी वर्षावास बस्ने लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रतीले बताए । वर्षाबास बस्ने भिक्षुले पुण्य कमाउने जनविश्वास रहेकोछ । वर्षाबासका बेला साँझ–विहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गर्दछन् । त्यस बेला बुद्ध गुन, धर्म गुन, सँग गुन र धर्म देशना गर्दै पुजाआजा गरिन्छ । वर्षावासका बेला विहान एक छाक खाना खाने गर्दछन् । सकेसम्म स्थानीय बासिन्दासँग भिक्षा मागेर खाने गर्दछन् ।
बुद्धको क्रिडास्थलमा वर्षाबास बस्न पाउँदा शान्तिको अनुभुति गरेको भिक्षु पराजुकित अनन्तले बताए । ३ महिनासम्मको चर्तुप्रत्य उपासक उपासिकले नै भिक्षुलाई दिन्छन् । चर्तुप्रत्य भन्नाले वर्षावासका बेला चाहिने चीवर(पहेलोबस्त्र) खाने कुरा, ओढने ओछयाउने बस्त्र र औषधिमुलोको सबै खर्च उनले व्यहोर्छन् ।
१२ महिना बौद्धधर्मावलम्बीहरु धर्मदेशना गर्दै हिड्थे । बुद्ध धर्ममा वर्षायाममा हुने वर्षाबास बसे आफुले गरेका त्रुटी कमजोरीबाट कुनै पाप नलागी क्षमादान पाउने हुँदा भिक्षु भिक्षुणीहरु वर्षाबास बस्ने गर्दछ ।
भगवान् बुद्धका धेरै चेला र अनुयायीहरू हुँदा १२ मास हिँड्दा वर्षाका बेला बाटो, खेतबारीमा निस्कने किरा फट्यांग्रा मर्ने, बालीनालीलाई क्षति पुगेको कुरा बाहिर आएपछि तीन महिने वर्षाबासको नियम बनाइएको हो । वर्षाबास बसे भिक्षुहरुले पुण्य कमाउने जनविश्वास रहेको छ । वर्षाबासका बेला साँझ बिहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गर्दछन् । त्यस्तै वर्षाबासका बेला बुद्ध गुन, धर्म गुन, सँग गुन र धर्म देशना पाठ गर्दै पूजाआजा पनि गरिन्छ । त्यस्तै उनीहरुले स्थानीय बासिन्दासंग भिक्षा मागेर एक छाक खाने गर्दछन् । थाइल्याण्डबाट यहाँ आई वर्षाबास बस्ने गरेको निग्रोधारामका कार्यबाहक अध्यक्ष राजेश ज्ञबालीले बताए ।
लुम्बिनी, तिलौराकोटर निग्रोधराम, रामग्राममा गरी ४३ जना भिक्षुहरु वर्षाबासमा बसेका छन् । वर्षाबासमा गुम्बामा बसेर त्यही वरिपरी भिक्षटन गरी ३ महिनासम्म भिक्षुहरु बस्ने गर्छन । असार पुर्णिमा कै दिन सिद्धार्थ गौतमले गहृ त्याग गरेकोले पनि यो दिनदेखि वर्षाबास सुरु गर्ने चलन चली आएको भिक्षुहरु बताउँछन् ।
प्रकाशित: ३० असार २०८२ १९:१० सोमबार





