२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

पाउ पाथिभरामा एक करोड ४२ भेटी संकलन

मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा रु एक करोड ४२ लाख ८१ हजार संकलन  भएको छ।  

पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न पाउ पाथिभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन भएको छ। समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१/८२ मा दान पेटिकाबाट रु ७४ लाख ७४ हजार, सहयोग रसिदबाट रु ४४ लाख ४१ हजार, जिन्सी सामान बिक्रीबाट रु १२ लाख ३८ हजार र आजीवन सदस्यताबाट रु ८८ हजार आम्दानी भएको बताए। बैंकमा रहेको बचतको ब्याजबापत रु पाँच लाख ६० हजार, अनलाइनमार्फत आय रु दुई लाख ५४ हजार र विविध आम्दानीबापत रु ३० हजार ७२० संकलन  भएको उनले जानकारी दिए।  

प्रसिद्ध पाथिभरा देवीको पाउ रहेको पवित्र स्थानको रूपमा पूजापाठ र दर्शन गर्न मन्दिरमा दैनिक सयौं भक्तजन आउने गर्छन्। भारतको पश्चिम बङ्गाल, सिक्किम, आसामलगायत स्थानबाट पनि यहाँ दर्शनार्थी आउने गरेका छन्। समितिले आम्दानीलाई बैंकमा जम्मा गर्ने र बैंकमार्फत नै खर्च गर्दै आएको जनाएको छ। आम्दानीबाट मन्दिरको पुजारी तथा कर्मचारीको नियमित पारिश्रमिक दिने, आवश्यक भौतिक संरचना निर्माण गर्ने र भक्तजनको सुविधाका लागि विभिन्न खर्च गर्दै आएको छ।  

मन्दिरको शौचालय, धाम परिसरमा मार्वल तथा टायल्स बिछ्याउने कार्य र एउटा भवनसमेत बनाउँदा सो आवमा रु ५७ लाख खर्च भएको समितिका अध्यक्ष ढकालले बताए। मन्दिरको नाममा रु एक करोड १२ लाख २१ हजार बैंक मौज्दात रहेको छ। समितिले चार गुरुसहित नौ कर्मचारीलाई करारमा नियुक्त गरेर पारिश्रमिक दिँदै आएको छ। रासस

प्रकाशित: १५ भाद्र २०८२ ०६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App