२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कर्पोरेट

एनआईसी एशिया बैंक २८औं वर्षमा प्रवेश

एनआईसी एशिया बैंक २८औँ वर्षमा प्रवेश गरेको छ । सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकका रुपमा परिचित बैंकले २८ वर्षको दौरानमा ग्राहाकहरुको अभूतपूर्ण माया एवं भरोसा पाएको बैंकले जनाएको छ । 

आफ्नो वार्षिकउत्सवका अवसरमा आज विज्ञप्ति निकालेर बैंकले भनेको छ, 'नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएका छौँ त्यसको सम्पूर्ण श्रेय ग्राहकहरुलाई नै जान्छ ।'

यस्तै आगामी दिनमा पनि अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट बैंकले गरेको छ ।  

डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले बैंक भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखाकार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालबाट लाखौं ग्राहकमहानुभावहरुमाझ गतिशील बैंकिङ्ग पार्टनरको रुपमा जोडिएको छ ।  

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखाविस्तार गरी निर्वाध रुपमा बैंकिङ्ग सेवा देशको कुनाकुनामा पुर्‍याउन बैंक सफल भएको विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित: ५ श्रावण २०८२ १७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App