१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कर्पोरेट

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (P2P) सम्झौतासँगै, एभरेष्ट बैंक लिमिटेड (EBL)ले आफ्नो मोबाइल बैंकिङ एप “EBL Touch 24“ मार्फत नेपाल र भारतबीच‘रियल–टाइम क्रस–बोर्डर (P2P) रेमिट्यान्स सेवा’लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमातत्काल (Real–time) रकम आदानप्रदान गर्न सक्नेछन्।

नयाँ व्यवस्थापन अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागिनिश्चित सीमाहरू निर्धारण गरिएका छन्।जसअन्तर्गत, नेपालमाकार्यरत भारतीयनागरिकहरूले दैनिकअधिकतमभारु १५,००० र मासिकअधिकतमभारु १,००,००० सम्म सहजै भारत पठाउन सक्नेछन्। त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमाबिना नै दैनिक अधिकतम भारु २,००,००० सम्म नेपालमा विप्रेषण पठाउन सक्ने छन्। 

नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वाभर्चुअल पेमेन्ट एड्रेस (VPA) को प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन्। साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) आईडीमार्फत सीधै रकम प्राप्त गर्न सक्नेछन् ।

यस सेवा सम्बन्धीथपविस्तृत जानकारीका लागि ग्राहक महानुभावहरूले एभरेष्ट बैंकको आधिकारिक वेबसाइट www.everestbankltd.com वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।

प्रकाशित: २८ जेष्ठ २०८३ १४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App