२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
कर्पोरेट

मिर्गौला प्रत्यारोपणपछि सगरमाथा विजयः पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसनको साथ

आफ्नो मिर्गौला प्रत्यारोपण गरेका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गरेर हासिल गरेको ऐतिहासिक उपलब्धिमा एनसेल फाउन्डेसन उनीप्रति हार्दिक सम्मान प्रकट गर्दछ । मिर्गौला प्रत्यारोपणपछि सगरमाथाको सफल आरोहण गर्ने पेम्बा पहिलो व्यक्ति हुन् ।

यो ऐतिहासिक सफलता साहस, संकल्प र शक्तिको उदाहरण मात्र नभई, दृढ संकल्पका साथ देखिएका सपना असम्भव छैन भन्ने सशक्त सन्देश पनि हो । उनले वैशाख ३१ गते बिहान सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।

पेम्बा शेर्पाको यस सहासी यात्रामा सहभागी भई आवश्यक सहयोग गर्न पाएकोमा एनसेल फाउन्डेसन गर्व महसुस गर्दछ । यो यात्रा एक व्यक्तिगत विजय मात्र नभई शारीरिक चुनौती भोगिरहेकाहरूका लागि आशाको उज्यालो साबित भएको छ र मानिसहरुमा रहने असीम सम्भावनाहरुलाई पुष्टि गरेको छ । यसका, साथै यो यात्राले जलवायु परिवर्तनका कारण संकटमा परेका हिमालहरूको संरक्षणको लागि जनचेतना फैलाउने महत्त्वपूर्ण कार्य गरेको छ ।

“सगरमाथा आरोहणभरि मेरो स्वास्थ्य सबल रह्यो । यस यात्रामा मैले विश्वभरका ८५ करोड भन्दा बढी मिर्गौला रोगीहरूको आशा बोकेर सगरमाथाको चुचुरोमा पाइला राखें र ईच्छा गरेमा केही पनि असम्भव छैन भन्ने कुरालाई पुरा गर्न सफल भएँ । यो यात्रा पग्लिंदै गएको हाम्रो हिमाल जोगाउनको लागि पनि एउटा सन्देश थियो । मैले धेरैलाई गुहारें, तर मेरो सपनालाई एनसेल फाउन्डेसनले मात्र विश्वास गरेर सम्भव बनायो । म साथ र समर्थनका लागि हृदयदेखि आभारी छु,” सगरमाथाको सफल आरोहण पछि आफ्नो उत्साह प्रकट गर्दै पेम्बा शेर्पाले भने ।

“पेम्बा शेर्पाको यस ऐतिहासिक सफलताका लागि हामी उहाँलाई हार्दिक बधाई दिन चाहन्छौं । उहाँको यात्रा प्रेरणा, सहनशीलता र प्रतिबद्धताको कथा हो— यो केवल एक व्यक्तिगत लक्ष्यप्राप्ति मात्र नभई विश्वव्यापी जलवायु मुद्दाप्रति एक आवहान पनि हो । यस महत्वपूर्ण यात्राको सहयात्री हुन पाएकोमा हामी निकै खुसि छौ,” एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

हिमालहरू केवल आरोहण गरेर सफलता चुम्ने शिखरहरु मात्र होइनन्, तिनीहरू हाम्रो पर्यावरणको प्रतीक हुन् र संरक्षणका लागि हामी सबैले मिलेर प्रयास गर्नुपर्छ भन्ने सन्देश पेम्बा शेर्पाको यो आरोहणले विश्वलाई दिएको छ ।  

एनसेल फाउन्डेसनबारे

एनसेल फाउन्डेसन समाजमा सकारात्मक परिवर्तनका लागि एक उत्प्रेरकको रूपमा उभिएको छ । समुदायमा अर्थपूर्ण परियोजनाहरू मार्फत दिगो प्रभाव पार्ने मुलमन्त्रमा आधारित फाउन्डेसन, एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी ९सीएसआर० पहल मात्र नभई देशभरका समुदायहरूलाई सशक्त र समावेशी बनाउनका लागि योगदान पुर्याउन प्रतिबद्ध रहेको छ ।

काठमाडौं उपत्यकाजस्ता शहरी क्षेत्रदेखि लिएर पहाड र तराईका दुरदराजका गाउँसम्म, फाउन्डेसनले डिजिटल डिभाइड घटाउने, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार गर्ने, र समावेशीतालाई प्रवद्र्धन गर्ने जस्ता कार्यहरू मार्फत विकास र परिर्वतनका लागि कार्य गर्दै आएको छ । आम जनमानससँगमात्र नभई सामाजिक हितका उद्देश्य, संस्कृति र विकाससँग पनि गहिरो रूपमा जोडिन फान्डेसन प्रतिबद्धता रहेको छ ।

हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै, एनसेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी मानिसको जीवनमा विभिन्न सामाजिक पहलमार्फत सकारात्मक प्रभाव पारेको छ ।

प्रकाशित: १५ जेष्ठ २०८२ १९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App