हस्पिटालिटी क्षेत्रमा अब्बल सेवा प्रदान गर्ने उद्देश्यसहित ‘हर्ष बाटिका’ ब्यांकेट ललितपुरको बालकुमारीमा सञ्चालनमा आएको छ । ३६ हजार वर्ग स्क्वायर फिट इनडोर हल र बगैँचाको १२ हजार वर्ग स्क्वायर फिट सहितको फराकिलो हर्ष बाटिका काठमाडौँ उपत्यकाकै सबैभन्दा सुन्दर ब्यांकेट रहेको सञ्चालक सुरज कार्कीको दाबी छ ।
‘ग्राउन्ड फ्लोर’ र ‘फर्स्ट फ्लोर’ गरी दुई वटा ठुला पार्टी हल रहेको ‘हर्ष बाटिका’लाई आरजी क्रियसन नेपालले डिजाइन र निर्माण गरेको हो । ११ रोपनीको ‘हर्ष बाटिका’ पुग्नेहरू यसको भव्यता देखेर निकै हर्षित हुने गरेका छन् ।
यहाँ दुई सय वटा चार पाङ्ग्रे र दुई सय वटा मोटरसाइकल पार्किङ गर्न सकिने हर्ष वाटिका काठमाडौं र ललितपुरको बिचमा छ भने भक्तपुरबाट पनि इभेन्ट गर्न पायक पर्ने स्थानमा रहेको बाटिकाका प्रबन्ध निर्देशक विकल श्रेष्ठ बताउँछन् ।
‘हर्ष बाटिकाको कन्सेप्ट र डिजाइनका लागि निकै अनुभवी टिमलाई जिम्मा दिएका कारण यसको भव्यता सम्भव भएको हो’, सञ्चालक कार्कीले भने, ‘हामीले धेरै अध्ययन र सोधखोज पछि नेपालमा उत्कृष्ट र युनिक ब्यांक्वेट डिजाइन तथा निर्माण गर्दै आइरहेको आरी क्रियसन नेपाललाई यसको निर्माण गर्न सुम्पिएका थियौँ ।’
सोचेभन्दा र हाम्रो प्लानभन्दा धेरै राम्रो ब्यांक्वेट निर्माण गरेर आरी क्रियसनले हस्तान्तरण गरेको भन्दै उनले खुसी व्यक्त गरे ।
पाँच तारे होटेलको भव्यता र सेवा दुवैमा कुनै सम्झौता नगरिने भएकाले हर्ष वाटिकामा आउने ग्राहकहरू प्रभावित हुने गरेको श्रेष्ठले बताए ।
आरजी क्रियसनले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न सहरमा दर्जनौँ ब्यांक्वेट तथा हस्पिट्यालिटीसँग सम्बन्धित दर्जनौँ प्रोजेक्टहरू निर्माण गरिसकेको छ ।
‘हर्ष बाटिकमा प्रयोग गरिएका फर्निचर, लाइट, डेकाेरेसनका आइटम नेपालका कुनै होटेल तथा ब्यांक्वेटमा प्रयोग नभएका गरिएको छ’, आरजी क्रियसनका अध्यक्ष राम गिरीले भने ।
आफ्नो आवश्यकता र स्पेस अनुसारको साइजमा फ्युजन गरेर इन्टेरियर सामग्री अर्डर गरेर आयत गरिने भएकोले अरूभन्दा भिन्न हुने गरेको उनले बताए ।
अध्यक्ष गिरीले आफ्नो आइडिया र भिजनलाई व्यवहारमा उतार्न दक्ष सिभिल इन्जिनियर, आर्किटेक्ट, लाइट सम्बन्धी काम गर्ने दक्ष प्राविधिक एवं दक्ष निर्माण कालिगडहरूको प्रयोग गर्ने गरेका छन् ।
ब्यांक्वेट भन्ने बित्तिकै विवाह, व्रतबन्धका लागि पार्टी आयोजना गरिने स्थानका रूपमा बुझ्ने गरिन्छ । तर, हर्ष बाटिकाले गोष्ठी, सेमिनार, विभिन्न किसिमका तालिम तथा इभेन्टहरूका लागि पनि सेवा उपलब्ध गराइरहेको छ ।
करिब तीन हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी ब्यांक्वेट तयार गरिएको श्रेष्ठ बताउँछन् । ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डायमन्ड गरेर तीन खालको खानाको मेनु तय गरिएको छ ।
आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिन्छ । विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज सुविधा ब्यांक्वेटमा उपलब्ध छ ।
प्रकाशित: १२ पुस २०८१ १९:२७ शुक्रबार