नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४० रुपैयाँ २६ पैसा र बिक्री दर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिद दर १६३ रुपैयाँ ०७ पैसा र बिक्री दर १६३ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८६ रुपैयाँ ७३ पैसा र बिक्री दर १८७ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १७६ रुपैयाँ २७ पैसा र बिक्री दर १७७ रुपैयाँ ०३ पैसा कायम गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ३६ पैसा र बिक्री दर ९१ रुपैयाँ ७५ पैसा, क्यानडियन डलर एकको खरिद दर १०० रुपैयाँ २१ पैसा र बिक्री दर १०० रुपैयाँ ६४ पैसा, सिंगापुर डलर एकको खरिद दर १०८ रुपैयाँ र बिक्री दर १०८ रुपैयाँ ४७ पैसा तोकिएको छ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ १८ पैसा र बिक्री दर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ७० पैसा र बिक्री दर १९ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ४० पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ४८ पैसा र बिक्री दर ३८ रुपैयाँ ६४ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ २९ पैसा र बिक्री दर चार रुपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ १९ पैसा र बिक्री दर ३८ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ७५ पैसा र बिक्री दर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ९२ पैसा र बिक्री दर १४ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ८३ पैसा र बिक्री दर २१ रुपैयाँ ९३ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ ०५ पैसा र बिक्री दर १८ रुपैयाँ १३ पैसा, कुवेती दिनार एकको खरिद दर ४५७ रुपैयाँ ५० पैसा र बिक्री दर ४५९ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिद दर ३७२ रुपैयाँ ०४ पैसा र बिक्री दर ३७३ रुपैयाँ ६३ पैसा, ओमनी रियाल एकको खरिद दर ३६४ रुपैयाँ ३० पैसा र बिक्री दर ३६५ रुपैयाँ ८६ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
प्रकाशित: १० कार्तिक २०८२ ०६:१४ सोमबार





