नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य मंगलबारकै दरमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्य अर्थात् तीन लाख ११ हजार ३०० रुपैयाँ नै कायम भएको छ।
यता चाँदीको मूल्यमा भने प्रतितोला ३५ रुपैयाँको गिरावट आएको छ। मंगलबार प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर पाँच हजार ३७० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
प्रकाशित: २० जेष्ठ २०८३ १०:३९ बुधबार





