१ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

मनाइयाे युगकवि जन्मजयन्ती

कुलेश्वर आवास परिवार कल्याण संस्थाले नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाएको छ।

संस्थाले नियमित रूपमा सञ्चालन गर्दै आएको हरेक बुधबारको दिवा सेवा कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम गरेकाे हाे। संस्थाले आध्यात्मिक, धार्मिक, साहित्यिक तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गर्दै राष्ट्रिय विभूतिहरूको सम्मान तथा जन्मजयन्ती मनाउँँदै आइरहेकाे छ।

कार्यक्रममा प्रमुख अतिथि डा. शेखरकुमार श्रेष्ठ र संस्थाका अध्यक्ष राजु दाहाल शर्माले युगकवि सिद्धिचरण श्रेष्ठको तस्बिरमा माल्यार्पण गरी सुरुआत भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि डा. शेखरकुमार श्रेष्ठले युगकवि सिद्धिचरण श्रेष्ठको व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै नेपाली साहित्यमा पुर्‍याएको श्रेष्ठको योगदानको चर्चा गरेका थिए। मन्तव्यका क्रममा सिद्धिचरणका कविता र खण्डकाव्यमा पौरस्त्य दर्शनको प्रभाव परेको उनले दृष्टान्तसहित बताएका थिए।

कार्यक्रममा विभिन्न विधाका आठ कवि चेतनारायण धमला, डिल्लीप्रसाद दाहाल, बुद्धिमान ढुङ्गाना, गोपालकुमार मैनाली, जुमन किरण, वैरागी जेठा र रामबहादुर पहाडीले आआफ्ना सिर्जना वाचन गरेका थिए। वाचित कवितामाथि पण्डित हरिप्रसाद खतिवडाले आफ्नो कवितासहित समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए।

कार्यक्रमका उद्घोषक कुवेश्वरप्रसाद जोशीले य्गकविको लोकप्रिय गीत मेरो प्यारो ओखलढुङ्गा गाएर कार्यक्रम थप रोचक र भावनात्मक बनाए।

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष राजु दाहाल शर्माले, प्रमुख अतिथि, कवि, समीक्षक तथा उपस्थित सम्पूर्ण सदस्यलाई धन्यवाद ज्ञापन गरेका थिए। उनले संस्थाले सामाजिक, सांस्कृतिक, आध्यात्मिक र साहित्यिक गतिविधिहरूमार्फत समाजमा सकारात्मक चेतना फैलाउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

उक्त कार्यक्रमले साहित्य, संस्कृति र युगकविपैति सम्मान सम्मान बढाउनुका साथै सहभागीहरूबिच आत्मीयता र सिर्जनात्मक भावनाको विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजक संस्थाले जनाएको छ।

उक्त कार्यक्रममा जेष्ठ नागरिक मिलन केन्द्रका संयोजक तथा निवर्तमान अध्यक्ष लोकनाथ पोखरेल, साहित्य कला संस्कृति समाजका संयोजक निलहरि शर्मा सुवेदी, सस्थाका उपाध्यक्ष रामकुमार श्रेष्ठ (राम विनय), कोषाध्यक्ष मदन श्रेष्ठ, सदस्य शुभाष विष्ट, महिला जागरण समूहका सचिव  बव्लि पौडेल र तुलसा दाहाल लगायतकाे सहभागिता रहेकाे थियाे।

प्रकाशित: २१ जेष्ठ २०८३ ०८:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App