एक रुपैयाँको साधारण खरिदले पनि जीवन बदल्ने जित सम्भव हुन्छ भन्ने उदाहरण बनेकी छिन् ललितपुरको हरिसिद्धी निवासी आश्मा दाहाल । दराज नेपालको सर्वाधिक लोकप्रिय वार्षिक अभियान ११.११ अन्तर्गत सञ्चालन गरिएको ‘१ रुपैयाँ डिल’ मार्फत उनले एथर रिज्टा इलेक्ट्रिक स्कुटर जितेकी छन् ।
आश्मा दाहाल दराज ११.११ “द बिगेस्ट सेल अफ दि इयर” को ग्राण्ड प्राइज विजेता बनेकी हुन् । दराज ११.११ अभियान नोभेम्बर १० को साँझ ८ बजेदेखि नोभेम्बर २१ सम्म सञ्चालन गरिएको थियो । ग्राहकहरूको उत्साहजनक सहभागिताका कारण यो अभियान नोभेम्बर ३० सम्म विस्तार गरिएको थियो ।
अभियानको नियमअनुसार १ रुपैयाँ डिल अन्तर्गतका सामग्रीहरू सफलतापूर्वक अर्डर गरी सबैभन्दा धेरै डेलिभर भएका अर्डर पूरा गर्ने तथा न्यूनतम १० हजार रुपैयाँको खरिद मापदण्ड पूरा गरेपछि आश्मा दाहाल ग्राण्ड प्राइजका लागि छनोट भएकी थिइन् ।
दराज ११.११ को ग्राण्ड प्राइजका रूपमा प्रदान गरिएको एथर रिज्टा इलेक्ट्रिक स्कुटर एथर इनर्जीले दैनिक प्रयोग र स्मार्ट शहरी यात्रालाई लक्षित गरी डिजाइन गरेको परिवारमैत्री स्कुटर हो । फराकिलो डिजाइन, उन्नत सुरक्षा फिचर्स, स्मार्ट ड्यासबोर्ड र सहज राइडिङ अनुभवका कारण एथर रिज्टा दिगो तथा व्यवहारिक इलेक्ट्रिक मोबिलिटीको नयाँ मानकका रूपमा चिनिन्छ ।
ग्राण्ड प्राइजसँगै दराज नेपालले ११.११ अवधिमा सञ्चालन गरिएका अन्य आकर्षक उपहार योजनाका विजेताहरूको पनि घोषणा गरेको छ । राजविराजका सुवास विश्वकर्माले बिग डिजिटलद्वारा प्रायोजित एक जनाका लागि थाइल्याण्ड यात्रा जितेका छन् । काठमाडौँ कमलादीकी निकिता श्रेष्ठले एस्टाबेरीद्वारा प्रायोजित एक जोडीका लागि होटल कन्ट्री भिल्लामा बसाइ जितेकी छन् ।
त्यसैगरी, कुलेश्वर काठमाडौँकी नम्रता सापकोटा, लहानकी कृपा शाही ठकुरी, बुटवलकी अलिशा श्रेष्ठ, ललितपुरकी शिवानी मिश्र तथा कोटेश्वर काठमाडौँका अभिषेक पौडेलले डा. शेठ्सद्वारा प्रायोजित एक–एक जोडीका लागि यती × रुपाकोटको बसाइ जितेका छन् ।
यस अवसरमा दराज नेपालका प्रवक्ताले ११.११ अभियानले ग्राहकहरूलाई केवल छुट मात्र नभई अर्थपूर्ण मूल्य र सम्झनलायक अनुभव प्रदान गर्ने दराजको प्रतिबद्धता पुनः प्रमाणित गरेको बताए । उनले ग्राहकहरूको विश्वास र उत्साहपूर्ण सहभागिताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ नवीन र रोमाञ्चक अभियानहरू ल्याइने जानकारी पनि दिए ।
दराज ग्रुपबारे
सन् २०१५ मा स्थापना भएको दराज दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सेवा प्रदान गर्दै आएको दराजले अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्तालाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवासहितको समग्र पूर्वाधार विकास गर्दै दराजले दक्षिण एसियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने लक्ष्य लिएको छ ।
प्रकाशित: २६ माघ २०८२ १७:४६ सोमबार





