हुन्डाईको नयाँ विद्युतीय फ्ल्यागशिप एसयूभी IONIQ 9 ले ‘जर्मनीको प्रिमियम कार अफ द इयर २०२६’ को उपाधि जित्दै अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हासिल गरेको छ। बजारमा आएको तीन महिनामै प्राप्त यो सम्मानले हुन्डाईको द्रुत प्रगति र विश्वव्यापी प्रिमियम इलेक्ट्रिक सवारी साधन क्षेत्रप्रतिको प्रतिबद्धतालाई झल्काएको छ।
स्वतन्त्र ४० जना रहेको निर्णायक मण्डलले गरेको मूल्याङ्कनमा IONIQ 9 ले आफ्नो आकर्षक एरोडाइनामिक डिजाइन, ८००-भोल्टको फास्ट चार्जिङ प्रविधि, र लक्जरी तीन-पंक्तिको विशाल इन्टेरियरका कारण प्रतिस्पर्धी मोडेलहरूलाई पछाडि पारेको हो। निर्णायकहरूले यसको प्रविधि, मानव-केन्द्रित सहजता र उच्चस्तरीय डिजाइनको प्रशंसा गरेका छन्।
हुन्डाई मोटर युरोपका अध्यक्ष जेभियर मार्टिनेटले भने, “IONIQ 9 हाम्रो नवीन सोच, डिजाइन र दिगो गतिशीलताप्रतिको प्रतिबद्धताको प्रतीक हो। यस्तो पुरस्कारले हामीलाई अझ अगाडि बढ्न प्रेरित गर्छ।”
IONIQ 9 हुन्डाईको E-GMP प्लेटफर्ममा निर्मित भएको छ, जसले १० देखि ८० प्रतिशत चार्ज गर्न मात्र २४ मिनेट लाग्छ र करिब ५०० किलोमिटर भन्दा बढीको ड्राइभिङ रेन्ज प्रदान गर्छ। यसमा एआई-सहयोगयुक्त Connected Car Navigation Cockpit (ccNC), अत्याधुनिक भ्वाइस रेकग्निशन, र वातावरणमैत्री सामग्रीको प्रयोग गरिएको छ।
नेपालमा पनि हुन्डाईले कोना ईभी र IONIQ 5 जस्ता मोडेलमार्फत विद्युतीय सवारी प्रवर्द्धन गर्दै आएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. मार्फत स्थानीय असेंबलीको तयारीसहित, हुन्डाई नेपालले विश्वस्तरीय ईभीहरू नेपाली बजारमा झनै सुलभ बनाउने लक्ष्य लिएको छ।
‘जर्मनीको प्रिमियम कार अफ द इयर’ पुरस्कार युरोपकै सबैभन्दा प्रतिष्ठित अटोमोटिभ सम्मानमध्ये एक हो, जहाँ सवारी साधनहरूलाई डिजाइन, प्रविधि, दक्षता र नवप्रवर्तनका आधारमा मूल्याङ्कन गरिन्छ। प्रिमियम श्रेणीमा IONIQ 9 को जितले हुन्डाईको विश्वव्यापी नेतृत्व र भविष्यको इलेक्ट्रिक मोबिलिटीप्रतिको समर्पणलाई पुनः पुष्टि गरेको छ।
प्रकाशित: ३० आश्विन २०८२ १८:२९ बिहीबार





