आज एकैदिन सुनको मूल्य तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ। यो सँगै आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि बढेको हो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी बढेको हो। अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको छ।
प्रकाशित: ३१ आश्विन २०८२ ११:२२ शुक्रबार





