१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
बजार

सुन घट्यो, चाँदी बढ्यो

आज सुनचाँदीको मोलमा केही थपघट भएको छ। सुन तोलामा रु ४०० ले घटेको छ भने चाँदी रु ६० ले बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४८ हजार ४०० कायम भएको छ। आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २८० कायम भएको छ।

हिजो सुनको मूल्य प्रतितोला रु दुई लाख ४८ हजार ८०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार २२० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ११ मंसिर २०८२ ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App