स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँ पुगेको छ, जुन बिहीबारको २ लाख ३७ हजार ८०० रुपैयाँको तुलनामा ६०० रुपैयाँले बढी हो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३ हजार २० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको ३ हजार १० रुपैयाँभन्दा १० रुपैयाँले महँगिएको हो।
प्रकाशित: २१ कार्तिक २०८२ ११:२२ शुक्रबार





