२१ मंसिर २०८२ आइतबार
image/svg+xml
बजार

आजदेखि धनतेरस टाटा उत्सव

टाटा मोटर्सका लागि नेपालको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको शुभदिपावलीसँगै आउँदै गरेको धनतेरस पर्वलाई लक्षित गर्दै देशव्यापी रुपमा ‘धनतेरस टाटा उत्सव’ कार्यक्रम सुरु गरेको छ ।  

हर्ष र उल्लासले भरिएको यस पर्वको अवसरमा सुरु गरिएको यो कार्यक्रममा ग्राहकले आकर्षक अफरका साथ सुनको असर्फी बम्पर उपहारमा जित्ने सुनौलो मौका पाउने छन् ।  

टाटाको नेपालभर रहेका शोरुममा आजदेखि सुरु गरिएको यो कार्यक्रम कात्तिक २ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।  

यस विशेष कार्यक्रम अन्तर्गत ग्राहकले टाटा मोटर्सका विद्युतीय मोडलहरू टियागो ईभी, पंचईभी, नेक्सन के३ ईभी र कर्भईभीका साथै आईसीई मोडलहरू टियागो, पंच, नेक्सन र सफारी खरिद गर्दा उपहार तथा छुटका सुविधाहरू पाउने छन् ।  

यस्तै, यस कार्यक्रम अन्तर्गत, फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्री एक्सेसरिज, व्यापक अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्री एम्बोस्ड नम्बर प्लेट र फ्री होम चार्जिङ इन्स्टलेसन लगायतका सुविधा दिइने कम्पनीले बजनाएको छ । भाग्यशाली ग्राहकले सुनको असर्फी बम्पर उपहार स्वरुप पाउन सक्नेछन् ।

प्रकाशित: २६ आश्विन २०८२ २०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App