नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १४८ रुपैयाँ ३९ पैसा र बिक्री दर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ०६ पैसा र बिक्री दर १७५ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर २०० रुपैयाँ ७५ पैसा र बिक्री दर २०१ रुपैयाँ ५६ पैसा, स्विुस फ्रयाङ्क एकको खरिद दर १८९ रुपैयाँ ६५ पैसा र बिक्री दर १९० रुपैयाँ ४१ पैसा कायम गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ४० पैसा र बिक्री दर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ ४९ पैसा र बिक्री दर १०८ रुपैयाँ ९३ पैसा, सिंगापुर डलर एकको खरिद दर ११६ रुपैयाँ ६२ पैसा र बिक्री दर ११७ रुपैयाँ ०९ पैसा तोकिएको छ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३२ पैसा र बिक्री दर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ७५ पैसा र बिक्री दर २१ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३९ रुपैयाँ ५६ पैसा र बिक्री दर ३९ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिद दर ४० रुपैयाँ ७० पैसा र बिक्री दर ४० रुपैयाँ ८६ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ६३ पैसा र बिक्री दर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिद दर ४० रुपैयाँ ४० पैसा र बिक्री दर ४० रुपैयाँ ५६ पैसा, मलेसियन रिङगेट एकको खरिद दर ३७ रुपैयाँ ५४ पैसा र बिक्री दर ३७ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०३ पैसा र बिक्री दर १० रुपैयाँ ०७ पैसा, स्विुडिस क्रोनर एकको खरिद दर १६ रुपैयाँ १८ पैसा र बिक्री दर १६ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ ४२ पैसा र बिक्री दर २३ रुपैयाँ ५२ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ ९५ पैसा र बिक्री दर १९ रुपैयाँ ०३ पैसा, कुवेती दिनार एकको खरिद दर ४८४ रुपैयाँ ६२ पैसा र बिक्री दर ४८६ रुपैयाँ ५८ पैसा, बहराइन दिनार एकको खरिद दर ३९३ रुपैयाँ ५३ पैसा र बिक्री दर ३९५ रुपैयाँ १२ पैसा, ओमनी रियाल एकको खरिद दर ३८५ रुपैयाँ ४२ पैसा र बिक्री दर ३८६ रुपैयाँ ९८ पैसा रहेको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने कुरा बताएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने कुरा उसले जनाएको छ।
प्रकाशित: ६ वैशाख २०८३ ०६:१० आइतबार





