नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपयाँ ३३ पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपयाँ र बिक्रीदर १६४ रुपयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपयाँ १९ पैसा र बिक्रीदर १८६ रुपयाँ ९८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपयाँ ३८ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपयाँ ७५ पैसा र बिक्रीदर ९३ रुपयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपयाँ १५ पैसा र बिक्रीदर १०१ रुपयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपयाँ ४३ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपयाँ २० पैसा र बिक्रीदर नौ रुपयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपयाँ ९२ पैसा र बिक्रीदर २० रुपयाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपयाँ ०५ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपयाँ ३९ पैसा र बिक्रीदर चार रुपयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपयाँ ९३ पैसा र बिक्रीदर नौ रुपयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपयाँ र बिक्रीदर १५ रुपयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपयाँ ९६ पैसा र बिक्रीदर २२ रुपयाँ ०५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपयाँ २४ पैसा र बिक्रीदर १८ रुपयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपयाँ ८३ पैसा र बिक्रीदर ४६३ रुपयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपयाँ ९७ पैसा र बिक्रीदर ३७७ रुपयाँ ५६ पैसा , ओमनी रियाल एकको खरिददर ३६८ रुपयाँ १२ पैसा र बिक्रीदर ३६९ रुपयाँ ६७ पैसा रहेको छ। भारतीय रुपयाँ एक सयको खरिददर १६० रुपयाँ र बिक्रीदर १६० रुपयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
प्रकाशित: १६ कार्तिक २०८२ ०६:१८ आइतबार





